आमा! खुसी हुनलाई बिहे नै गर्नुपर्छ, हो र ?

35 बर्षको केटा 22 बर्षकी केटीलाई माग्न उसको घर जान्छ ।

छोरीलाई सम्झाउदै आमा भन्छिन्,’हेर कान्छी, तेरो उमेरमा त मैले तेरो दाईलाई जन्म दिसक्याथे । केटी मान्छेको उमेर जति बढ्दै गयो त्यति नै नराम्रो हो । केटो अमेरीकामा बस्ने र’छ । ईन्जिनिर हो रे । भाग्यमानी रहिछस् । बिहे गरिहाल । खुसी हुन्छेस् ।

छोरी आमाको अनुहार हेर्दै भन्छे,’आमा, अस्ती नै तपाईलाई बिरामी भएर अस्पताल राखेपछि दाईले कति पटक बिदेशबाट फोन गर्यो, याद छ ? त्यति खेर तिन रात नसुतिकन म एक्लै अस्पताल बसेकी थिए । एक पटक दाईले फोन गरेको थियो, त्यो पनि पैसा पाईस कि नाई भनेर सोध्नको लागि मात्रै । तपाईलाई सन्चो भएर घर ल्याउदा सप्पै भन्दा धेरै खुसी म नै थिए । आमा मेरो खुसी भनेको त हजुर नै हो । अनि खुसी हुनको लागि कुनै निश्चित उमेर चाहीन्छ र ?? आमा! खुसी हुनलाई बिहे नै गर्नुपर्छ, हो र ? के तपाईकी छोरी खुसी हुन पनि पर पुरूषको भर पर्नु पर्ने हो ?

आमा, मलाई माया गर्नुहुन्छ भने विश्वास पनि गर्नुहोस्, म एक सफल उद्यमी बन्न चाहान्छु । र भाग्यमानी त त्यो हुनेछ जसले तपाईकी छोरीसँग बिहे गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram