‘मैले पढेको किताब’ को पहिलो श्रृङ्खला सफलता पूर्वक सम्पन्न

#मैले_पढेको_किताब‘को पहिलो श्रृङ्खला आज सफलता पूर्वक सम्पन्न भएको छ । बेटर चितवनकी संयोजक तथा बेटर चितवन मिनी लाईब्रेरीकी व्यवस्थापक सजिता पौडेलको संयोजनमा आयोजित कार्यक्रममा ४ वटा पुस्तक माथी समीक्षा भएको थियो । साथै अहिले निकै नै चर्चित विषय ‘पुस्तकमा कर’ विषयमा छलफल समेत आयोजना गरिएको थियो ।

वक्ताहरूकाे तर्फबाट आकाश पाैडेल ज्यूले गुलाबी उमेर, निधी भट्ट ज्यूले I am Malala, बिमाेचन आचार्य ज्यूले The Power of Thinking Big र राेशनी श्रेष्ठ ज्यूले The Noticer पुस्तकाकाे समिक्षा गर्नुभएकाे थियाे । साथै र्इ. सागर कार्कीले संयाेजन गर्नु भएकाे ‘पुस्तकमा कर’ विषयक छलफल कार्यक्रममा अतिथी वक्ता प्रवेश अधिकारी, सरिता तिवारी, डा. सुवास बस्नेत र डा. जिवन क्षेत्री ज्यूले आफ्ना महत्वपुर्ण बिचारहरू ब्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रम डबली द स्पेस, भरतपुरमा आयाेजना गरिएकाे थियाे भने कार्यक्रमलार्इ अनलार्इन पुस्तक स्टाेर किताब यात्राले सहयाेग गरेकाे थियाे । साथै कार्यक्रमलार्इ सम्पुर्ण कितबकाे तर्फबाट पनि साथ रहेकाे थियाे ।

बेटर चितवन मिनि लार्इब्रेरीले ‘मैले पढेको किताब’काे श्रृङ्खलाहरू नियमित रूपमा गर्दै जाने संयाेजक सजिता पाैडेलले जानकारी दिनुभयाे । उत्कृष्ट वक्तालार्इ अन्तिममा ‘रिडर अफ द एयर’ बाट सम्मानित समेत गरिने उहाँले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram