उपहार न्यानो माया २०२१ यो वर्ष सिधुपालचोकको सिम्पालकाभ्रेमा रहेको श्री सिम्पलेश्वरी माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत कक्षा ECD देखि कक्षा ५ सम्मका जम्मा १२२ जना वालवालिकाहरुलाई विद्यालय पोसाक ट्रेकसुट तथा स्ट्रेशनरी सामग्री वितरण गरिएको हो । सरस्वती पूजाको दिनलाई विशेष मानेर आयोजना गरिएको सो कार्यक्रमको संयोजन दिप्ती लम्सालले गर्नु भएको थियो भने ब्यवस्थापन बेटर चतवन संयोजक बिमोचन आचार्यले गर्नु भएको थियो ।
बिद्यालय शिक्षक साथै TFN फेलो पुकार श्रेष्ठको नेतृत्वमा एक विशेष कार्यक्रम बिच विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको थियो ।
यस कार्यक्रमलाई सफल बनाउन यहाँहरुको साथ, माया र सहयोगको निकै ठुलो भुमिका रहेको छ । बेटर चितवन परिवार यहाँहरु प्रति नैकै आभार प्रकट गर्दछ ।
यस अभियानलाई सफल बनाउन युवा स्वयंसेवक साथीहरुको योगदान अतुलनीय रहेको छ । हामीसँग प्रतक्ष्य वा अप्रत्यक्ष जोडिएर सामाजिक सेवामा सहयोग गर्नुहुने सम्पूर्णमा हृदय देखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । साथै आगामी दिनहरूमा समेत यहाँहरुको साथ, सहयोग र मायाको अपेक्षा गर्दछौं ।
हामी निकै आभारी छौं यहाँहरुको साथ, माया र सहयोगको लागि । सरस्वती पूजाको अवसरमा सिन्धुपल्चोकको सिम्पालकाभ्रेमा रहेको श्री…
Posted by Better Chitwan on Tuesday, February 16, 2021