बेटर चितवनकाे “साथी” पहल सात वटै स्थानिय पालिकामा संचालन हुने

विगत ६ बर्षदेखि चितवनमा रहेर वातावरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आईरहेको संस्था बेटर चितवनले चितवनका ७ वटै पालिकामा कोभिड १९ को कारण प्रभावित अति विपन्न तथा सीमान्तकृत समुदायका बालबालिका र उनिहरुको परिवारको सहयोगार्थ “साथी” पहल सुरु गरेको छ ।
उक्त पहल अन्तर्गत पहिलो चरणमा हरेक स्थानिय पालिकामा कम्तिमा ५० बालबालिकाहरुलाई उनिहरुको आवश्यकता अध्यन गरि सो अनुसार आवश्यक खाद्यान्न सहयोग, स्वस्थ्य तथा सुरक्षा सामाग्री सहयोग, स्वास्थ्य परिक्षण तथा परामर्श सेवा एवम् मनो–सामाजिक पुनःस्थपना लगायतका सेवाहरु उपलब्ध गराईने छ ।
कोविड १९ को कारण धेरै परिवारहरू पीडित छन् । यसले बालबलिकाहरूमा गहिरो प्रभाव पारिरहेको छ । धेरैले आफ्ना परिवारका महत्वपुर्ण सदस्य गुमाएका छन् र अझै पनि धेरै अत्यन्त जोखिममा रहेका छन् । बच्चाहरू डर र संकटमा बाँचिरहेका छन् । उच्च जोखिममा रहेका यी बालबालिकाहरूको लागि अहिले नै सोच्नु आवश्यक छ र तिनीहरूको लागि आवश्यक हेरचाह र सुरक्षा प्रदान गर्ने तिर समयमा नै ध्यान दिनु जरूरी छ ।
बेटर चितवनले हरेक बर्ष १०० बिद्यार्थी छात्रावृति कार्यक्रम, भाग्य बोक्ने झोला, उपाहार न्याने माया लगायतका कार्यक्रम मार्फत बालबालिकाको शिक्षामा काम गर्दै आईरहेको छ । सँगै कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर यो बर्ष फ्लाईङ्ग एड नेपालको आर्थीक सहयोगमा तथा स्थानिय पालिकाहरूसँगको सहकार्यमा बिपन्न तथा गरिब अनि सीमान्तकृत समुदायका बालबालिका र उनीहरूका परिवारलाई राहत वस्तुहरू, जीवन-बचाव चिकित्सा सहयोग, मनो-सामाजिक पुनःस्थापना र अन्य आवश्यक सहयोग पुर्‍याउने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram