क्वारेन्टिन (एकान्तबास) मा रहनुहुने महानुभावहरुले पालना गर्नुपर्ने आचारसंहिताः

क्वारेन्टिन (एकान्तबास) मा रहनुहुने महानुभावहरुले पालना गर्नुपर्ने आचारसंहिताः

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस COVID19 को प्रत्यक्ष प्रभाव हाम्रो देश र यस जिल्लामा समेत देखिएको कारण बाध्यतावस पूर्वसावधानी स्वरुप यहाँहरु यस क्वारेन्टिन (एकान्तवास) मा केही दिन बस्नु भएको छ र यसलाई स्वभाविक रुपमा ग्रहण गरिदिनुहुनेछ भन्नेमा विश्वास लिएका छौँ ।

आचार संहिताः

१. क्वारेन्टिनमा बस्दा शान्त र सौहार्दपुर्ण वातावरण सिर्जना गर्नुहोस्, हर हमेसा सामाजिक दुरी (कम्तिमा २ मिटर कायम) गरेर बस्नुहोस् ।

२. नियमित रपमा आफ्नो ब्यक्तिगत सरसफाई (नियमित शौच, स्नान, सावुन पानीले बेलाबेलामा हात धुने, आफुले लगाएका कपडा राम्रोसँग धुने र सुकाउने, आफुले शौचालय प्रयोग गरिसकेपछि राम्रोसँग हरपिक लगायतका सामाग्री राखी शौचालय सफा गर्ने) गर्नुहोस् ।

३. क्वारेन्टाईनमा बसेका अन्य ब्यक्तिहरुको चियो, चासो नगर्नुहोस्, सकभर पारिवारिक र मित्रवत ब्यवहार गर्नुहोस् ।

४. नियमित रुपमा औँषधी सेवन गर्नुपर्ने भएमा आफुले खाने गरेका औषधीहरु पर्याप्त मात्रामा छ छैन एकिन गर्नुहोस् । नपुग भएमा नजिकाका आफ्ना नातेदार वा ब्यवस्थापन समितिमा खबर गरि औषधीको ब्यवस्था मिलाउनुहोस् ।

५. क्वारेव्टिन ब्यवस्थापनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा ब्यवस्थापन समितिका अनुरोध तथा निर्देशनहरु पालना गर्नुहोस् ।

६. तोकिएका स्थान छोडी बाहिर जाने प्रयास नगर्नुहोस् । कुनै कुराको आवश्यक भएमा हेल्पडेस्कमा सम्पर्क गर्नुहोस् ।

७. नियमित रुपमा ज्वरोको परीक्षण गरिेनेछ । अन्य कुनै पनि स्वास्थ्य समस्या भएमा तुरुन्त हेल्प डेस्कमा जानकारी दिनुहोस् ।

८. खोकी लागेमा, हाच्यु आएमा रुमाल, तौलिया अथवा कुहिना मोडेर आफ्नो हातले छोप्ने गर्नुहोला र तुरुन्त साबुन पानीले हात धुनुहोला ।

९. आफुले प्रयोग गरेको मास्क, पन्जा, खाना, नास्ता गरेका सामाग्रीहरु राम्रोसँग तोकिएका प्लाष्टकिका थैलिभित्र बन्द गर्नुहोस् र निश्चित विसर्जन स्थलमा मात्र विसर्जन गर्नुहोस् ।

१०. यस अवधीमा परिवार, इष्टमित्रहरुसँग सकभर नजिकबाट भेटघाट नगर्नुहोस् । भेटघाट गर्नुपरेमा सामाजिक दुरी कायम राखी छोटो अवधीको भेटघाट गर्नुहोस् ।

११. क्वारेन्टिन क्षेत्र भित्र मदिराजन्य, सुर्तीजन्य पदार्थहरुको प्रयोग नगरिदिनुहोला ।

१२. ब्यक्तिगत प्रयोगका सामाग्रीहरु सकभर आफ्नो नीजि सामाग्री प्रयोग गर्नुहोस्, एक आपसमा सामाग्री साटासाट नगर्नुहोस् ।

१३. यस अवधीमा कुनै किसिमको असहजता महसुस भएमा मनोसामाजिक परामर्शको लागि हेल्पडेसकमा सम्पर्क गर्नुहोला ।

अत्यावश्यक साम्पर्कको लागिः

१. राजेन्द्रमणी काफ्ले अध्यक्ष ९८५५०५७५२८

२. सरिता पाठक संयोजक ९८४५०४ं५४९२

३. बाबुराम पौडेल सचिव ९८४५०८०२१८

४. जगन्नाथ न्यौपाने सदस्य ९८५५०५१४०४

५. ई. सागर कार्की कोषाध्यक्ष ९८६५०७७२९७

६. सुदर्शन सोती सदस्य ९८४५५९४७८५

एम्वुलेन्सः ९८४१४४१६८५
९८५५०४४२५०

क्वारेन्टाईन ब्यवस्थापन समिति
भरतपुर महानगरपालिका ७
कृष्णपुर मा. वि. चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram