साथी भनेको यस्तो नाता हो कि
जसले दुःख सुखमा साथ दिन्छन् ।
त्यसरी नै मेरो साथीहरु पनि
यही अमूल्य नाता भित्र पर्छन् ।।
साथीको निम्ती मैले
यो कविता लेख्दै छु ।
उनीहरुले पोखेका दुःख सुख
यो कवितामा पोख्दैछु ।।
यदि म रोए भने
उनीहरु पनि म सँगे रुदछन् ।
म हाँसेको बेला मेरा साथीहरु
म सँगै रमाएर हाँस्दछन् ।।
जब म निरास हुन्छु
तब फकाउँन आउँछन् ।
मेरो कुनै अपुरो कामहरु
मिलेरै पुरा गरीदिन्छन् ।।
सानैबाट सँगै हुर्कियौँ
ठुलाबडाले भनेको राम्रा कुराहरु मान्यौँ ।
अब यो अन्तिम साल साथीसँग रम्ने हो
दुःख र मिहेनत साथ होस्टेल जिवन सक्ने हो ।।
तिन महिना घर छोडेर
होस्टेल जीवन कट्यौँ
एक आपासमा मिलिजुली
सुख दुःख बाट्यौँ ।।
अब त हामी छुटीनु पर्छ
उदाश भई रुन्छाैँ होला
स्कुल जिवन सकिए पछि
खै कति दुःखी हुछौँ होला ।।
भगवानले नै जुराएछन्
मलाई एस्तो साथी ।।
जती कष्ठ आई परेनी
साथी नै हो माथी ।।