ह्याकरहरूबाट कसरि सुरक्षित हुने ?

आजको प्रविधि विगतको भन्दा धेरै स्मार्ट भईसकेको छ । हाम्रो सुरक्षा जोखिममा छ भन्ने तथ्यसँग  हामी सबै राम्ररी परिचित छौं । हाम्रो महत्त्वपूर्ण खाता वा पासवर्ड कुनै पनि समय ह्याक हुन सक्छ किनभने ह्याकरहरू टेक्नोलोजीमा धेरै प्रगति गरिसकेका छन् र हरेक दिन अपग्रेड  हुँदैछन । ह्याकरहरूबाट सुरक्षित हुन यी सरल चरणहरू अनुसरण गर्नुहोस् ।

क) बलियो पासवर्ड छन्नु होस्

  • आफ्नो बिभिन्न सामाजिक संजालका खाताहरुको लागि बिभिन्न विशेष वर्णहरूको संयोजन गरि कसैले अनुमान गर्ने नसक्ने पासवर्ड बनाउनुहोस् ।
  • पासवर्डको लागि तपाईंको आफ्नै नाम, जन्म मिति, ठेगाना, नजिकको मान्छेको नाम अथवा अन्य विवरण प्रयोग नगर्नुहोस्।
  • विभिन्न नम्बरहरू र विशेष वर्णहरू जस्तै डलर संकेतहरू आदि प्रयोग गरेर बलियो संयोजन बनाउनुहोस्।
    उदाहरणको लागी : [email protected]#c# , C*$4cd#20N

ख) अन्जान तथा संकास्पद मेलहरू नखोल्नु होस्

हामीले दैनिक इमेल चलाउदा बिभिन्न व्यक्ति वा सस्थाबाट इमेलहरु आउने गर्छ | त्यस्ता इमेल खोल्नु अघि कसले पठाको भन्ने बुज्न जरूरी हुन्छ | र कुनै इमेलमा शंकास्पद लिंक, अफर आदि देख्नु भएमा कसले पठाएको इमेल भन्ने बुजी, यदि कुनै परिचित व्यक्ति वा सस्थाले पठाएमा मात्र खोल्दा ह्याक वा ठगि हुने संभावना कम हुन्छ  । यदि हामीले त्यस्ता अन्जान लिंक खोल्छौं भने हाम्रो  कम्प्युटरको लागि धेरै खतरा हुन सक्छ । कहिलेकाँही हाम्रो कम्प्युटरमा भाइरसको प्रवेश हुन सक्छ जसले हाम्रो कम्प्युटरलार्इ बिगार्दछ । साथै तपाईले थाहा नपाउने गरि कम्प्युटर प्रणाली ह्याक गर्न पनि सक्छ जसकारण तपाईंले कम्प्युटरमा रहेका महत्त्वपूर्ण डाटा पनि गुमाउन सक्नुहुन्छ ।

ग) अवैध तथा अन्जान वेबसाइटहरूमा नजानुहोस्

प्राय: अबैध तथा अन्जान वेबसाइटमा पाइरेटेड चलचित्रहरू र अन्य सामग्रीहरू डाउनलोड गर्दा वा खोल्दा अश्लिल विज्ञापन वा  पैसा सम्बन्धि लालच देखायर हामीलाई कुनै लिंक/फोटो/भिडियो मा क्लिक गर्न बाध्य बनाउछन् जसमा क्लिक गर्दा हाम्रो कम्प्युटर/मोबाइलमा  भाइरस वा अन्य हानी पुराउने खालका सामग्री इन्स्टल हुन सक्छन वा अज्ञात रुपमा हाम्रो डेटा चोरि हुन सक्छ।

घ) अन्य व्यक्तिको उपकरणहरूबाट कहिले पनि लग इन नगर्नुहोस्

तपाईं आफ्नो व्यक्तिगत खातामा लग इन गर्न आफ्नो मात्र उपकरण प्रयोग गर्नुहोस। अन्य व्यक्तिको मोबाइल / कम्प्युटरबाट आफ्नो खाताहरु खोल्न परेमा ब्राउजरको अतिथि/गुप्त मोड खोलि लग इन गर्नु होस् । साथै  आफ्नो पासवर्ड सेव (Save) नगर्नुहोस् | कहिलेकाही सेव गर्नाले सिस्टममा तपार्इको पासवर्ड लुकेर बस्दछ जसको अरूले दुरूपयोग समेत गर्न सक्दछन् ।

ङ) सार्वजनिक वाइफाइ प्रयोग नगर्नुहोस्

सार्वजनिक Wi-Fi कहिल्यै प्रयोग नगर्नुहोस् । तिनीहरूले तपाईंको प्रणाली ह्याकरहरूमा पहुँच दिन सक्दछन् । तिनीहरूले तपाईंको महत्त्वपूर्ण जानकारी पनि चोर्न सक्छन् । उनीहरूले तपाईंको बैंकिंग जानकारी पनि पहुच पाउन सक्छन् । तिनीहरूले तपाईको व्यक्तिगत जानकारी र फोटो/भिडियोहरू चोर्न सक्दछन् जसको प्रयोग गरि तपाईसँग ब्ल्याकमेल गर्न पनि सक्दछन् ।

च) अनौपचारिक साइटहरूबाट कहिले पनि  सफ्टवेयर वा अन्य सामाग्रीहरू इन्स्टल वा डाउनलाेड नगर्नुहोस्

अनौपचारिक साइटहरूबाट सफ्टवेयर वा अन्य सामग्री इन्स्टल वा डाउनलोड  नगर्नुहोस् । यो अत्यधिक खतरनाक हुन पनि सक्छ । केहि अनलाईन सफ्टवेयरमा भाइरस हुन्छ जसले तपाईंको डाटालाई नष्ट पार्न सक्छ र जानकारी चोरि पनि गर्न सक्छ । यसले तपाइँको कम्प्युटरलाई फेरि ह्याकरहरूमा पहुच दिन सक्छ र ती तपाइँको व्यक्तिगत जानकारी चोर्न सक्छ र तपाइँको उपकरणलाई स्थायी रूपमा हानी गर्न सक्दछ । विश्वसनीय साइटबाट मात्र सफ्टवेयर वा अन्य सामग्री इन्स्टल वा डाउनलोड गर्नुहोस् |

By Saugat Devkota
CoFounder & COO, Mero Padhai
For more: http://www.everesttechz.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram