Loading Events

« All Events

  • This event has passed.

अनलाइन योग सत्र – अचलाको साथ

June 3 @ 6:00 am - June 10 @ 7:00 am

Free

यात्रा प्रतिबन्ध, संक्रमणको जोखिम, नकारात्मक समाचारको निरन्तर प्रवाह र घरमा सीमित हुनुपर्ने अवस्था मानसिक रूपमा चुनौतीपूर्ण हुन सक्छ। यस समयमा हामी परिवार र साथीहरूसँग सम्पर्कमा रहनु, सकारात्मकता फैलाउनु र स्वस्थ जीवनशैली कायम राख्नु निकै आवश्यक छ  । साथै, हामी मानसिक स्वस्थ रहनु अधिक महत्त्वपूर्ण छ ।

योग एक उत्तम उपाय हो जसले हाम्रो मानसिक तनावलाई कम गर्न मद्दत गर्नुका साथै रक्तचाप नियन्त्रण गरि चिन्ताका लक्षणहरूलाई कम गर्दछ।

बेटर चितवनको आयोजनामा अब यहाँहरूले ८ दिन  नि: शुल्क अनलाइन योग सत्रमा भाग लिन सक्नुहुनेछ । अचला एक जीवनशैली चिकित्सक हुनुहुन्छ जसले प्राकृतिक उपचार, आहार प्रयोग मार्फत रोगहरू रोक्ने र उपचार गर्ने गर्नुहुन्छ । अचलाको साथ यो ८ दिन यहाँहरूले तल उल्लेखित जिवन उपयोगि सुन्दर योगकला सिक्नुहुनेछ ।

१. आधारभूत आसन
२. प्राणायाम
३. श्वास व्यायाम
४. ध्यान
५. विश्राम विधि

भाग लिनलाई यहाँ दर्ता गर्नुहोस्: https://betterchitwan.org/yoga-with-achala/

वा, हामीलाई तपाईंको नाम, ई-मेल ठेगाना, ठेगाना र आफ्नो सम्पर्क नं हामीलाई ९८६०८९३७४४ मा ईनबक्स गर्नुसक्नुहुनेछ ।

थप जानकारीको लागि ९८६०८९३७४४ मा हामीलाई सम्पर्क गर्नुहोस् वा हामीलाई [email protected] मा मेल गर्नुहोस् । धन्यवाद ।

Details

Start:
June 3 @ 6:00 am
End:
June 10 @ 7:00 am
Cost:
Free
Event Category:
Event Tags:

Venue

Online

Organizer

Better Chitwan
Phone:
+977-9865077297
Email:
info@betterchitwan.org
Website:
https://betterchitwan.org
RSS
Follow by Email
Instagram