हामीलाई हाम्रो हेल्पलाईन नं ९८०१५६४८०७, ९८०१५६४८०७ मार्फत पनि आफ्नो समस्या टिपाउन सक्नुुनेछ । हामी छिटोभन्दा छिटो यहाँहरुको समस्यालाई सम्बाेधन गर्नेछौँ ।
यो विषम परिस्थितिमा कोही पनि स्वास्थ्य सेवा समयमा नै नपाएको कारण वा औषधि, खाद्यान्न समस्याले गर्दा अमानवीय मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले हामीले सामाजिक उत्तरदायित्वलाई अझ फराकिलो बनाएको छौं ।
 
हामी कोभिड-१९ आपातकालीन उद्धार टोली बनाएर नै यहाँहरुको सेवामा खटिएका छौं । आफू सुरक्षित रहेर समाजलाई पनि सुरक्षित बनाउने हाम्रो जिम्मेवारी र दायित्व पनि हो । यसलाई हामीले कोभिड १९ विरुद्धको निस्वार्थ सामाजिक अभियानको रुपमा लिएका छौं । यस अभियानमा यहाँहरुको साथ, सहयोग र सल्लाह पक्कै रहनेछ भन्ने कुरामा विश्वस्त छौं ।
 
हाम्रो सेवाहरू:
१. आवश्यक पूर्वाधार सहितको सुरक्षित इमर्जेन्सी एम्बुलेन्स सेवा प्रदान गर्ने ।
२. निःशुल्क काेभिड एवम नन-कोभिड स्वास्थ्य परामर्श सेवा तथा पशु स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने ।
३. आपातकालीन अवस्थामा औषधि वा अन्य अत्यावस्यक सेवा घरमा नै डेलिभरी गरिदिने वा सो को लागि आवश्यक समन्वयन गरिदिने ।
४. सामजिक सचेतनाका निम्ति सकारात्मक र सन्देशमुलक सूचना प्रवाह गर्ने ।
५. आपातकालीन अवस्थामा रिलिफ र रेस्कु टीम मार्फत आवश्यक खाद्यान्न, सुरक्षा सामग्री लगायत अन्य रिलिफ र रेस्कु कार्यहरू गर्ने ।
 
हामीसँग जोडिनु होला है । यस अभियानलाई सफल बनाउन तपाईं हामी सुरक्षित र स्वस्थ रहनु जरुरी छ । त्यसैले आफ्नो र आफ्नो परिवारको सुरक्षा गरौं है ।
 
धन्यवाद ।
*** Managed by EmergencyResponseTeam

#आमा_भन्नुहुन्छ Series

Bahira najau haiBahira najau hai
Bharatpur Health DeskBharatpur Health Desk
Cancer Hospital1Cancer Hospital1
Ambulance SewaAmbulance Sewa
Chhori, Aafno khyal rakha haiChhori, Aafno khyal rakha hai
nisulka Ambulance Sewanisulka Ambulance Sewa
Stay home stay safeStay home stay safe
RSS
Follow by Email
Instagram