
बेटर चितवनले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि यसलाई उत्सवमय बनाउन र मतदाता शिक्षा प्रदान गर्न खुल्ला कविता प्रतियाेगिताकाे आयाेजना गर्दैछ । यस प्रतियाेगिताले युवाहरूलाई स्थानीय निर्वाचन बारे शुसुचित गर्ने र आफ्नाे स्थानीय नेतृत्वबारे बुझ्न प्रेरित गर्ने हामीले विश्वास लिएका छाैँ ।
कविता प्रतियोगिताका लागि नियम एवं आचारसंहिता:
१. कविता मार्फत कुनै पनि दल वा उम्मेदवारकाे प्रशंसा वा विराेध गर्न पाइने छैन । त्यस्ताे पाइएमा प्रतियोगितामा सहभागी भएता पनि मान्य हुने छैन ।
२. निर्वाचन प्रक्रियालाई बिथाेल्ने, विराेध र निर्वाचन आचारसंहिता बिपरितका कवितालाई प्रतियोगितामा सहभागी गराइने छैन ।
३. कवितामा कुनैपनि दल वा उम्मेदवारलाई प्राेत्साहित वा हताेत्साहित गर्ने खालका शब्द वा हरफहरू प्रयाेग गर्न पाइने छैन ।
४. कविता पुरै वा अंश कहिँ कतैबाट साभार गरेकाे हुनुहुँदैन । साभार गरेकाे पाइएमा प्रतियोगिताबाट साेझै हटाइनेछ ।
सहभागिताको अन्तिम मिति: बैशाख २१ गते बुधबार
थप जानकारीका लागि:
www.betterchitwan.org | +९७७-९८६५०७७२९७