May 22, 2022

Warning: sprintf(): Too few arguments in /home2/betterchitwan/domains/betterchitwan.org/public_html/wp-content/themes/chromenews/lib/breadcrumb-trail/inc/breadcrumbs.php on line 254
"धुम्रपान हानिकारक छ"
मैले हरेक दिन कयौंपटक पिउने गरेको
चुरोटको बट्टामा लेखिएको यो शब्द
कहिल्यै मेरालागि लेखिएको जस्तो लागेन ।
लाग्थ्यो यो त छोरा मान्छेको लागि लेखिएको शब्द हो
म - अनि म त छोरी मान्छे ।
ल्वाङ सुक्मेल
सबैले देख्ने गरि खल्तीमा सान संग बसिरहे
तँ कसैले छाम्दा पनि
थाहा नपाउने ठाउँमा निसास्सिएर बसिरहिस्
तँ त बहादुर रहेछस् - कुच्चिस् , भाच्चिस्
तर अहँ गुनासो गरेनस् ।
बरु ल्वाङ सुक्मेलले
एक दिन साथ छोडिदियो
अनि आमाले तँलाई पक्डिनु भयो ।।
थाहा पाउने
तर कसैले नदेख्ने गरि
नौ महिना सम्म कोखमा राखेर जन्माएको छोरी
त्यस दिन देखि "फोहोरी" भै ।
त्यस दिन पछि आमाले सबैभन्दा पहिले
मेरो साथ छोड्नु भयो
पछि इश्वरले उहाँलाई सबैको साथ छोड्नै पर्ने बनाएछ
सहन सकिन फेरि चुरोट च्यापें ।
यी औलाहरु जति तँलाई समाउँदा रमाउथें
त्यति पहिलो पटक
प्रियसीको हात समाउँदा पनि
रमाउन सकेको थिएन ।।
 
यी ओठ हरु जति तँलाई चुम्दा रमाउँथे
उस्को ओठले
मेरो ओठ चुम्दा पनि रमाउन सकेन ।
आमाको साथ छोडे देखि
ल्वाङ सुक्मेलको कहिल्यै भर लागेन
खुलेआम पिउन डर लागेन
छुटाउन प्रयास धेरैले गरे
बदलामा उनिहरुलाइ मैले आफै बाट छुटाइदिए
मात्र मेरो चलिरहयो अरु कसैको कर लागेन ।
आज तँलाई रोजेकै कारण
आमा, बुबा, प्रियसी त के
आफ्नै शरीर पनि रुष्ट छ म संग ।
शरीरमा रहेको मासु सायद
कुनै बेला म चिर निन्द्रामा हुने बेला अन्तै बसाइँ सरिसकेछन् ।
वर्षौ पछाडि झुक्किए
र एना अगाडि आँखा पर्दा
म आफै झुक्किएँ ।
निन्द्रा चाहिँ सायद आमाले आफै संग लिएर जानू भयो ।
अलि अलि भएको रगत पनि
अन्तै बसाइँ सर्ने तरखरमा छ
बेेलाबेला खोकीको निहुँ पारि बाहिर निस्कि रहन्छ ।
थाहाछैन कुन दिन म रगत बिहिन हुने छु ।
डाक्टर सहाब भन्दै थिए
फोक्सो त म भन्दा पनि धेरै बिग्रेको छ रे ।
रोगी भन्दा पनि जोगी
हुन मन पराउने मान्छे म
आज तेरो भोगी भएकै कारण
जोगी हुँदै हुँदै रोगी भएको छु ।
पिर नगर म पनि तँ जस्तै बहादुर हुँ
सास रहँदा सम्म छोड्ने छैन ।
 
तर माफ गरिदे चुरोट मैले थाहा पाइसकें
बिस्तारै सासले पनि मेरो साथ छोड्दै छ ।

Leave a Reply

Your email address will not be published.