May 22, 2022

Warning: sprintf(): Too few arguments in /home2/betterchitwan/domains/betterchitwan.org/public_html/wp-content/themes/chromenews/lib/breadcrumb-trail/inc/breadcrumbs.php on line 254
केही समय अघि एक बृद्ध आमाकाे स्वास्थ्य जटिलता बारे हामीलाई जानकारी प्राप्त भयाे । लडेर खुट्टाकाे माथिल्लाे भागमा चाेट लागेपछि उहाँमा जटिलता देखा पर्याे । आर्थीक अवस्था कमजाेर भएकाे र उचित रेखदेख समेत नपाएपछि उहाँकाे घाउ अझै जटिल बनेकाे हामीले पायाैँ । हिडडुल गर्न राम्राेसँग नसक्ने र ह्विल चियर बिग्रीएपछि उहाँ लामाे समयदेखि थला पर्नुभएकाे रहेछ जसकारणले उहाँमा बेडसाेरकाे समस्या देखापरेकाे छ ।
आज उहाँलाई केही सहज हाेस् भनेर हामीले गरेकाछाैँ । साथै डा. आविस्कार चापागाईले उहाँलाई प्रत्यक्ष भेटेर आवश्यक परामर्श समेत प्रदान गर्नुभएकाे छ । डा. आविस्कारले आमाकाे स्वास्थ्यमा सुधार ल्याउन निःशुल्क सेवा दिने समेत बताउनुभयाे । साथै सहयाेग जुटेमा उहाँकाे प्रभावकारी उपचारकाे लागि थप ब्यवस्था गर्ने समेत जानकारी दिनुभएकाे छ ।
आमाकाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्दछाैँ ।

Leave a Reply

Your email address will not be published.