May 22, 2022

Warning: sprintf(): Too few arguments in /home2/betterchitwan/domains/betterchitwan.org/public_html/wp-content/themes/chromenews/lib/breadcrumb-trail/inc/breadcrumbs.php on line 254
बेटर चितवनकाे विद्यार्थी छात्राबृत्ती कार्यक्रम आज माडी नगरपालिका वार्ड ९, गणेशकुञ्ज स्थीत श्री गणेश आधारभुत विद्यालयमा 

भएकाे छ । कार्यक्रममा प्रमुख अतिथी माडी नगरपालिका प्रमुख श्री ठाकुर प्रसाद ढकाल ज्यू र सभापति विद्यालय प्रधानध्यापक श्री ताेयानाथ अधिकारी ज्यू हुनुहुन्थ्याे । बेटर चितवनकाे तर्फबाट शिक्षा विभाग प्रमुख अस्मिता सापकाेाटाले संयाेजन गर्नुभएकाे साे कार्यक्रममा माडी नगरपालिकाका विभिन्न ४ विद्यालयका १७ जना बिद्यार्थीहरूलाई पुर्ण छात्रवृत्ती प्रदान गरिएकाे थियाे । कार्यक्रममा ३७ विद्यार्थीहरूलाई विद्यालयकाे न्यानाे ट्रयाकसेट समेत प्रदान गरेकाे थियाे ।

माडी नगरपालिकाकाे तर्फबाट हरेक वर्ष प्रदान गरिने न्यानाे कपडा सहयाेग कार्यक्रम मार्फत लाभान्वित हुन बाँकी रहेका विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरिएकाे हाे भने १०० विद्यार्थी छात्रवृत्ती कार्यक्रम मार्फत अन्य १६ विद्यार्थीहरूलाई अत्यावश्यक शैक्षीक सामाग्री तथा स्वास्थ्य सामाग्री सहयाेग प्रदान गरिएकाे हाे ।
यस अभियानलाई सफल बनाउन सहयाेग गर्नुहुने आदरणीय सहयाेगि मन साैरभ तिवारी, डा. स्वेता काेईराला, डा. रितु कार्की, वन्दना खाड, ई. आशिस पाैडेल, लगायत सम्पुर्णमा हार्दीक आभार ब्यक्त गर्दछाैँ । यहाँहरूकाे माया उपाहार पाएर साना बालबालिकाहरूकाे मुहारमा देखिएकाे खुसी निकै अनमाेल छ । धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published.