शिक्षामा रुपान्तरणः उद्घमशिलता र नवप्रवर्तन

सरोज पाठक “सुमन”

क–पुरी ‘क’ को
घुमाउरो बाटो नदेखेको मेरा बाले
आफ्नो काँध चढाएर दुःखको भारी बोक्दै
विद्यालयको बाटो चिनाएँ
त्यहि क–पुरी ‘क’ को
सिधा आकार नबुझेकी
मेरी आमाले यो जीवनको सबै आकार कोरिदिईन्
म,
छोरा, विद्यार्थी अनि साहारा भएँ बा–आमाको ।

एक असल चेला भए।
मेहनतले पाठ सिँके – गुरुबा, गुरुआमाबाट
असल र महान् बन्ने प्रेरणा पाएँ,
शिक्षाmयको पवित्र आँगनमा
मेरा उच्च शिक्षाको प्रमाण पत्र प्रफुल्ल हुँदै
मेरो हातमा आयो
र, थपिदियो सन्तान अनि नागरिक हुनुको जिम्मेवारी ।

सुन्दर अङ्क र अक्षरमा सजिएको
प्रमाणपत्र बोकेर जीवनको लबधाङ्कपत्र खोज्दै
भौतारिनु मेरो विशेषता हो, विवशता हो
कतै भेटिएन पढेजस्तो, लेखेजस्तो ।

खै कहाँ भेटियो
गणित शिक्षकले सिकाएको Suppose…को नतिजा?
के अर्थ राख्यो
विज्ञानमा पढेको चालको नियमले, न्युटनको फर्मुलाले
अंग्रेजीमा घोकेको विदेशीहरुको जीवनीले के सिकायो ?
यस्तै प्रश्नहरुको मालिक भएको म,
माथ्ला घरे कान्छाको मुलायम हातले
माटो छोएको दिनदेखि खुसीले पेट भरेको छ,
मसँगैका दौतरीहरु आफ्नो पौरखमा रमाईरहेछन्
आफ्नै सीपले, क्षमताले आफ्नै खेशमा बसेर
छ न त उनीहरुसँग पनि मेरा जस्तै उच्च प्रमाण्हरु छन् ।

यस्तो लाग्छ,
परिवर्तन त्यहाँ हुनुपर्छ जहाँ जीवन महत्वकाँक्षी हैन
महत्वपुर्ण बनोस्
बढालिनुपर्छ एकै पटक ठुलो र धेरै खोज्ने नजर
पसिना बगाएर पसिनाकै सुगन्धमा रम्दै रम्दै
सहकार्य गर्न सक्यौ भने,
त्यो आकाश, यो धर्तीसँग,
दुःख अनि सुखसँग,
परिश्रम अनि प्रतिफलसँग,
सीप अनि उद्यमसँग,
फेरिनेछ जीवनको रंग, आउनेछ सुनदर बाटो
जहाँ आफुसँग भएको क्षमता
रोपेर, एक सुन्दर बगैँचा निर्माण गरौँ जीन्दगीको
जसको हातमा अधिकार छ,
उसले बुझिदिएर परिश्रम र उद्यमको महत्व
बनाउनुपर्छ शिक्षालाई ब्यवहारीक
जस्ले जीवन, जीवन्त सुन्दर बनाउने छ, हामी सबैको
जसरी समय बदलिदैछ
त्यसै गरी बदलिनु पर्छ शिक्षाको पद्घति
समेसटनु पर्छ ब्यवहारिक क्षेत्र
आत्मसन्तुष्टि, आत्मस्वभिमान हासिल गर्नको लागि ।
सम्बृद्घ ब्यक्क्ति, समाज अनि राष्ट्र निर्माणको लागि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram