विश्व सिमसार दिवस २०२० को अवसरमा बेटर चितवनको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न

विश्व सिमसार दिवस २०२० को अवसरमा आज नारायणी नदी किनार क्षेत्रमा बेटर चितवनको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हेटौंडा वन क्याम्पसका विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए भने सहभागीहरूले सचेतनामुलक प्लेकार्ड प्रदर्शनी गर्नुका साथै फ्ल्यास मोब समेत प्रस्तुत गरेका थिए । सप्तगण्डकी क्याम्पसकी वातावरण विद्यार्थी चन्दा सुवेदीले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको संयोजन वसुन्धरा आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram