लघुकथाः चिनिको सेखी ।

सुधिर कुमार सुमन

“हेर चिया पत्ती भाइ तिमी र म मिल्ने हाे भने त्यसै पनि मीठो चिया बन्न सकिहाल्छ नि । त्यो दुधको फुर्ती हेरन, क्या छ । उ बिना त चिया नै बन्दैन, अधुरो हुन्छ झै गर्छ । बरु आउ तिमी र म मिलेर दुधलाई एक्लाइ दिउ । अनि बल्ल चेत खुल्छ त्यो घमण्डिको” । चिनिले प्रस्ताव पेश गर्यो ।

“चिनी दाइ तिमी पो रङ्गहिन छौ । जे मा घुले पनि तिमी मीठो बनाइदिन सक्छौ । आफू त कालो छु । स्वाद पनि र्टओ छ । हामी धेरै भयौ भने कस्तो कालो चिया, कति र्टओ चिया भनेर मान्छेले मुख फ्याक्छन् । हामी कालो लाई गोरो बनाइदिएर स्वाद थपिदिने दूध दाइलाई म कसरी घात गर्नु । म त यस्तो गर्दिन चिनी दाइ” । चिया पत्तिले बडो संयम भएर जवाफ दियो ।

चियापत्ती सङ्ग मिलेर दुधलाई एक्लो बनाउने सपना तुहिएको हुनाले चिनी झन् चिढिएको थियो । बरु त्यो काले चियापत्तिलाई पो एक्लो बनाउन पर्छ क्या हो भन्ने सोचेर उ दुधको घर तिर लाग्यो ।

“दूध दाजु, हजुर त त्यसै पनि मीठो, तागतिलो, शरिरलाई फाइदा पुर्याउने चिज । बालक देखि बृद्घ सम्म जसले पिए पनि हुने । अझ अलिकति म हजुरसङ्ग घुले भने त बेजोड स्वाद हुन्छ । त्यो काले नमिठो चियापत्ती को खुब चुरिफुरी बढेको छ आजकल । कहिले बढी भएर कालो हुन्छ । हजुरको रंग पनि बिगारिदिन्छ । कहिले र्टओ भएर मेरो स्वाद पनि बिगारिदिन्छ । बरु त्यो कालेलाई एक्लाइदिउ हजुर र म भएर । अनि बल्ल चेत खुल्छ तेसको” । चिनिले दुधसङ्ग पनि प्रस्ताब राख्यो ।

कुरा सुनेर दुधले बडो सहनशिल हुँदै जबाफ दियो “हेर चिनी भाइ, म त त्यसै पनि मीठो छु । मलाई न चियापत्तिको जरुरत छ न तिम्रो नै । बरु तिमी र चियापत्ती नै मिल्न सकेनौ भने चिया कै अस्तित्व लोप हुन्छ । तिम्रो अस्तित्व नै चिया पत्ती हो र चियापत्तिको तिमी । तिमिहरु दुई बिना त हुँदै हुदैन नि । खासमा मलाई चिनीको जरुरत पर्ने भनेकै चियापत्तिको कारणले हो । चियापत्ती नहुदो हो त चिनिको के जरुरत मलाई । तिमी त चिया पत्ती बिना अधुरो छौ भाइ मेरो लागि । यसरी एक्लाउने अनि अर्को सङ्ग सङ्गठन बनाउने काम नगर बुझ्यौ” ।

आफ्नो योजना कुनै पनि तरिका बाट सफल नहुने देखेपछि चिनी रिसले आज सम्म पनि आफै पग्लिरहेको छ ।

लमजुङ, गाउंसहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram