शिक्षा सबैको नैसर्गिक अधिकार हो । आर्थीक रुपमा बिपन्न भएकै कारणले कसैले पनि शिक्षाबाट बन्चित हुनुहुदैन । आजका बालबालिका भोलीका उज्वल तारा हुन् । उनीहरुलाई उचित शिक्षा साथै असल मार्गनिर्देश गर्न सक्ने हो भने राष्ट्रले पनि असल नागरिक पाउनेछ । यही कुरालाई मध्यनजर गर्दै बेटर चितवनले हरेक वर्ष विद्यार्थी छात्रवृत्ति कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
सिमान्तकृत समुदायका बालबालिकाहरुलाई शिक्षामा सहयोग पुर्याउने उद्येश्यले बेटर चितवनले भाग्य बोक्ने झोला र उपहार न्यानो माया नामको दुईवटा विद्यार्थी छात्रवृत्ति कार्यक्रमको आयोजना गर्दै आईरहेको हो । उपहार न्यानो माया कार्यक्रम अन्तर्गत विद्यालयको युनीफर्म, जाडोको कपडा, जुत्ता–मोजा लगातका अत्यावश्यक सामाग्रीहरु सहयोग गर्दै आईरहेको छ भने भाग्य बोक्ने झोला अन्तर्गत विद्यालयको झोला, आवश्यक शैक्षिक सामाग्री, विद्यालयको अध्यन खर्च, सरसफाई तथा स्वास्थ्य सामाग्री लगायतका शैक्षिक सहयोगहरु प्रदान गर्दै आईरहेको छ ।
बेटर एजुकेसन कार्यक्रम अन्तर्गत नै रहेर विद्यार्थीहरुलाई उत्प्रेरणमुलक कार्यक्रम, जिवन उपयोगि तालीम, सचेतनामुलक कार्यक्रम लगायतका विभिध कार्यक्रमहरु गर्दै आईरहेको छ । हालसम्म बेटर चितवनको बेटर एजुकेसन कार्यक्रम अन्तर्गत विद्यार्थी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी संख्या १,०३५ पुगेको छ । साथै यही कार्यक्रम अन्तर्गत पुर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी संख्या ७ पुगेको छ । उहाँहरुले १८ बर्ष उमेरसम्म नियमित शिक्षा छात्रवृत्ति प्राप्त गर्नुहुनेछ ।
भाग्य बोक्ने झोला
क्र. सं. | बिद्यालय | ठेगाना | लाभान्वीत विद्यार्थी संख्या |
१ | कन्यादेवी आधारभुत विद्यलय | कुम्पुर, धादिङ्ग | १७ |
२ | दिव्यज्योती आधारभुत विद्यलय | खैरेहनी, चितवन | २७ |
३ | गेरखकाली मा.वि, | मध्यविन्दु बुलीङ्गटार, नवलपरासी | २०० |
४ | सरस्वती प्रा. वि | पलुङ्गटार, गोरखा | १७ |
५ | डुम्रे आधारभुत विद्यलय | पलुङ्गटार, गोरखा | ३० |
६ | श्री कुशादेवी मा.वि | कटुन्जे, ओखलढुंगा | ११० |
जम्मा | ४०१ |
उपहार न्यानो माया
क्र. सं. | बिद्यालय | ठेगाना | लाभान्वीत विद्यार्थी संख्या |
१ | श्री राष्ट्रिय आधारभुत विद्यलय | माडी | ८३ |
२ | दिव्यज्योती आधारभुत विद्यलय | खैरेहनी, चितवन | ४० |
३ | अन्द्रौली आधारभुत विद्यलय | अन्द्रौली २८, चितवन | ५५ |
४ | रत्नज्योती आधारभुत विद्यलय | ढोला, धादिङ्ग | ४० |
५ | श्री कालीका मा. वि. ढोला | ढोला, धादिङ्ग | १० |
६ | श्री वाघभैरव आधारभुत विद्यलय | केवलपुर, धादिङ्ग | १०० |
७ | श्री राष्ट्रिय आधारभुत विद्यलय | दक्षिण अयोध्यापुरी, माडी | १५६ |
८ | श्री राष्ट्रिय आधारभुत विद्यलय | पामडाँडा, ईच्छाकामना | ९० |
९ | श्री राष्ट्रिय प्राथमिक विद्यालय | कान्तिपुर, माडी | ६० |
जम्मा | ६३४ |
पुर्ण छात्रवृत्ति
क्र. सं. | प्रायाेजक | लाभान्वीत विद्यार्थी संख्या | ठेगाना |
१ | ज्य प्रकाश ज्ञावाली | २ | माडी |
२ | दिपेन वानिया | ४ | माडी |
३ | श्री चक्र फाउण्डेसन | १ | भरतपुर |
यो वर्ष कोभिड १९ का कारण धेरै व्याक्तिहरुले रोजगार गुमाउनु परेको अवस्था छ । धेरैको नियमित आय आर्जनको श्रोत गुमेको छ । यस्तो अवस्थामा धेरै विद्यार्थीहरु नियमित शिक्षाबाट वञ्चित समेत हुनुपरेको छ । पढ्न जान छोडेर बालबालिकाहरु काम गर्न बाध्य भएका छन् । पढाईमा रुची हुदा समेत बाध्यताले उनीहरुलाई शिक्षाको अधिकारबाट टाढा बनाएको छ । यस्तो अवस्थामायो बर्ष कोभिड १९ महामारीले गर्दा समस्यामा परोका निम्न वर्गिय समुदायका बालबालिकाहरुलाई विद्यार्थी छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले बेटर चितवनले १०० विद्यार्थी पुर्ण छात्रवृत्ति कार्यक्रम संचालनमा ल्याएको छ ।
यस कार्यक्रम अन्तर्गत यो वर्ष विपन्न १०० विद्यार्थीहरुलाई १ वर्षको लागि पुर्ण छात्रवृत्ति प्रदान गरिनेछ जसले उनीहरुको अध्यन खर्च, स्कुल पोसाक, विद्यालयको झोला, पुस्तक, स्टेशनरी सामाग्री, सरसफाई सामाग्री लगायतका सहयोगहरु प्रदान गर्नेछ । साथै निकै नै कमजोर आर्थीक अवस्था भएका र जिविकोपार्जनमा समस्या परेका अभिभावकहरुलाई ब्यवसाय प्रवर्धनमा सहयोग समेत गर्नेछ । हाल पुर्ण विद्यार्थी छात्रवृत्ति कार्यक्रमको लागि पहिलो चरणमा १७ जना विद्यार्थीहरु छनोट भएका छन् जसको विवरण तल उल्लेख गरिएको छ ।
पुर्ण छात्रवृत्ति कार्यक्रम २०७७
क्र.म. | विद्यालय | लाभान्वीत बिद्यार्थी संख्या | ठेगाना |
१ | श्री राष्ट्रिय आधारभुत विद्यलय | ६ | दक्षिण अयोध्यापुरी, माडी |
२ | श्री राष्ट्रिय प्राथमिक विद्यालय | १ | कान्तिपुर, माडी |
३ | श्री जनजीवन मा वि | २ | खरकट्टा, माडी |
४ | श्री राष्ट्रिय आधारभुत विद्यलय | ६ | गणेशकुञ्ज, माडी |
५ | श्री दिव्यज्योती आधारभुत विद्यलय | २ | खैरेहनी, चितवन |
साथै सोही कार्यक्रम अन्तर्गत समुदायमा लक्षीत सचेतनामुलक कार्यक्रम आयोजना गर्नुका साथै सरसफाई सामाग्री पनि वितरण गरिनेछ र यो वर्ष कम्तिमा एक विद्यालयमा लाईब्रेरीको स्थापना र ब्यवस्थापनको लागि सहयोग जुटाउने योजना समेत रहेको छ ।