एक युवा एक विरूवा कार्यक्रम

आज अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा भरतपुर अस्पताल रोडमा रहेको मिनी गार्डेनमा दुईओटा गेट राख्ने काम सम्पन्न भयो । उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने वे ग्रुप नेपाल र भरतपुर महानगरपालिकाको कार्यालय, भरतपुरलाई‌ विशेष धन्यवाद व्यक्त गर्दछौं ।
लामो समय देखि यो स्थानलाई व्यवस्थित र सुन्दर बनाउन वे ग्रुप नेपाल र बेटर चितवन संयुक्त रूपमा लागि परेका छौं । सानो क्षेत्र भएँ पनि यो स्थानमा पहिले डम्पिङ गरिने र लागू औषधको प्रयोग गर्ने कार्य धेरै हुने गरेकोमा सो कार्यहरू धेरै हद सम्म नियंत्रित भएका छन् । यद्यपि हामीसँग यसको व्यवस्थापनको निम्ति कुनै आर्थिक स्रोत नभएकोले केही समय पक्कै लाग्नेछ । आज सहभागी हुनुहुने सम्पुर्ण युवा साथीहरूमा विशेष आभार ।

एक युवा एक बिरुवा अन्तर्गत आजै बाट हामीले नयाँ अभियानको सुरुवात समेत गरेका छौं । उक्त अभियानमा यहाँहरु पनि सहभागी हुन सक्नुहुनेछ । त्यसको लागि आफूले घर वा वरपर लगाएको कुनै बिरुवा वा फुलसंगैको फोटो आफ्नो प्रोफाइलमा सेयर गर्न सक्नुहुन्छ र त्यसमा ह्यास ट्याग #EkYuwaEkBiruwa लेख्नु पर्नेछ । सो कार्यक्रममा सहभागी मध्य केही लक्की सभगिलाई बेटर चितवनको तर्फबाट उपहार समेत प्रदान गरिनेछ ।

धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram