आगोलागिका गम्भिर घाइते बालकलाई बेटर चितवनकाे सहयाेग

जनोदय समन्वय टोल अन्तर्गत पुनम चोक लिल बाहादुर क्षेत्रीको फनिचरमा कार्यरत कर्मादिन हवारीको ५ जानाको परिवार २०७८/०६/१५ गते बेलुका ६ बजे पुनम चोक स्थित फर्नीचर भएको स्थानमा आगोमा खाना पकाउने क्रममा अचानक आगोलागि हुन गई निजका २ छोरा छोरीको मृत्यु भएको थियो । सोही घटनामा जठो छोरा र श्रीमती गम्भीर घाइते भए । उहाँहरूको उपचारमा धेरै नै खर्च भएको र अझै पनि उपचार निकै खर्च लाग्ने देखिएको तर निजको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या नहोस् भनी हामीले सामाजिक सञ्जाल मार्फत सहयोगको आह्वान गरेका थियौं ।
हामीलाई विश्वास गरेर विभिन्न व्यक्ति साथै बेटर चितवनका अभियन्ताहरुबाट संकलित रकम रु १००००/- आज पीडित परिवारलाई नै भेटेर हस्तान्तरण गरेका छौं । हरेक हप्ता नियमित ड्रेसिङ लगायतका उपचार खर्च देखिने भएकाले यहाँहरुलाई अझै पनि सहयोगको खाँचो छ । आशा छ उहाँहरुको यो चोटमा केही भएपनि यहाँहरुले सहयोग गरी मल्हम लगाउनु हुनेछ ।
धन्यवाद !!
बेटर चितवन परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

RSS
Follow by Email
Instagram